फिल्म । डेब्यु फिल्म मार्फत नै सुहाना थापा नोटिस भइन् । उनलाई सामाजिक सञ्जालमा खोज्नेको कमि छैन , किनकी उनि फिल्मी ब्लड पनि हुन् । उनकी आमा झरना थापा हुन् भने पिता निर्माता सुनिलकुमार थापा । पछिल्लो समयका चर्चित स्टार अनमोल केसीसँग डेब्यु गरेकी सुहाना यतिबेला फ्लिम लिएर ओभरसिज टुरमा छिन् ।
फिल्म बक्सअफिसमा सफल मात्र भएन सुहानालाई पनि दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गरे । उनको अभिनयलाई दर्शक र समीक्षकले ‘चमत्कार’ बताएका छन् । झरनाको छोरी भएकाले सुहानासँग आश्वादी पनि धेरै थिए । जसलाई उनले पुरा गरिन् । उनि होम प्रोडक्सनकै नेक्स्ट फिल्ममा देखिनेछिन् । युरोपमा निस्किनु अघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफु भागवत गीतामा अभिनय गर्न इच्छुक रहेको समेत प्रतिक्रिया दिएकी थिइन् ।
यिनै सुहाना युरोप पुगेर घुमघामसँगै शो मा व्यस्त छिन् । उनको तस्वीरलाई आमा झरनाले सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । उनले तस्विरसँगै क्याप्सनमा लेखेकी छन्, ‘तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी ।’ त्यहाँ सुहानाको अनुहारमा खुसी छल्किएको छ । झरना र सुहना ओभरसिजको अधिकांस शो मा उपस्थित हुनेछन ।












