धरानमा हुने चलचित्र महोत्सवबाट बोर्ड बाहिरियो

5 Shares

फिल्म । आगामी २१ देखि २३ कात्तिकसम्म प्रदेश १ को धरानमा आयोजना हुने ‘चलचित्र महोत्सव–२०७६’ बाट चलचित्र विकास बोर्ड बाहिरिएको छ । यो महोत्सव प्रदेश १ को प्रदेश सरकारले आयोजना गर्न लागेको हो । दसैं अघिसम्म यो महोत्सवको आयोजकमा चलचित्र विकास बोर्ड हुने भनिए पनि यतिबेला आयोजकबाट बोर्ड बाहिरिएको छ ।

मुख्य महोत्सव धरानमा आयोजना गरिने भए पनि महोत्सवको विभिन्न कार्यक्रम प्रदेश १ को विर्तामोड, दमक, विराटनगरलगायतका सहरमा पनि आयोजना गरिने भएको थियो । यो महोत्सवमा दसैं अघिसम्म चलचित्र विकास बोर्डमा सहभागी भएको थियो । चलचित्र विकास बोर्ड र प्रदेश १ सरकारको आधाआधा लगानीमा यो महोत्सव पाँच दिनसम्म आयोजना गरिने तयारी हुँदै थियो ।

बोर्ड आयोजकबाट हटेपछि अब यो महोत्सव तीन दिनसम्म मात्र हुने भएको छ । चलचित्र महोत्सवबाट आफूहरू बाहिरिएपछि बोर्डले गर्ने भनेको राष्ट्रिय चलचित्र महोत्सव अब कात्तिकको अन्तिम सातामा आयोजना हुने भएको छ । ‘महोत्सवको आयोजकमा चलचित्र विकास बोर्ड सहभागी हुँदा महोत्सवको मुख्य प्रायोजक एउटा अन्तर्राष्ट्रिय गैरसहकारी संस्था बाहिरिने भएपछि हामी नै आयोजकमा नरहेका हौं ’ अध्यक्ष केशव भट्टराईले बताए ।

यद्दपी आफूहरू आयोजक नरहे पनि महोत्सवलाई राम्रो बनाउन आवश्यक सल्लाह सुझाव र साथ दिने उने बताए । प्रदेश १ मा २१ देखि २३ कात्तिकमा चलचित्र महोत्सव आयोजना हुँदै गर्दा नेपाल चलचित्र निर्माता संघले कात्तिक २२ देखि २४ सम्म विराटनगरमा ‘राष्ट्रिय चलचित्र मेला–२०७६’ आयोजना गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया