‘साङ्लो’मा विराज र निकिता श्रीमान श्रीमती

फिल्म । पछिल्लो समय गाउँपालिकाले शुटिङको लागि १० लाख सहयोग गरेको भनि चर्चामा आएको फिल्म ‘साङ्लो’ को सेटबाट केहि तस्वीर सार्वजनिक भएको छ । सार्वजनिक तस्वीरमा फिल्मका कलाकार एवं निर्देशक विराज भट्ट र डेब्यु गर्ल निकिता चन्डकको लुक्स देखिएको छ । सार्वजनिक तस्वीरमा निकिता विराजको श्रीमती भूमिकामा छिन् ।

तस्वीरमा उनलाई निर्देशक तथा अभिनेता भट्टसँग धान रोप्दै गरेको पनि देख्न सकिन्छ । यता डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले टीमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट छुट्टयाएको बताएका छन् । फिल्मलाई गाउँकै भूभागमा खिचिएकोले खान र बस्नसँगै यातायातमा सहयोग गरिएको अध्यक्षको भनाइ छ । उनले यसलाई आथित्यता सत्कारको रुपमा लिन समेत आग्रह गरेका छन् । यस विषयमा अभिनेता तथा निर्देशक भट्टले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् । विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादुर खड्काले विराजलाई लगानीमा सघाएका छन् । यसमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । फिल्कोम स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहनेछ ।

कमेन्ट गर्नुहोस्