फिल्म । केहि समय अगाडी भुवन केसी सभासद बन्ने चर्चामा आए । उनलाई तात्कालिन नेकपा एमालेबाट सांसद बन्ने टिकेट दिईने चर्चा भयो । उनलाई काठमान्डौकै क्षेत्रबाट टिकेट दिने अन्तिम चर्चा भएको थियो । तर , उनले टिकेट पाएनन् । यतिबेला तात्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सरकार बनाएका छन् ।अनि फेरी चर्चा सुरु भएको छ , भुवन अध्यक्ष बन्ने । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि भुवनको नाम पनि आएको हो । पुर्व अध्यक्ष केशव भट्टराईको निधन भएको १ महिना नबित्दै नयाँ अध्यक्ष पदका लागि नामहरु अगाडी आइरहेका छन् ।
भुवन भने पदमा आफ्नो खासै चाह्सो नभएको बताउछन् । ‘मेरो नाम शुभ चिन्तकले अगाडी ल्याउनु भएको हो’ भुवन भन्छन् । उनले पदमा चासो नभए पनि जिम्मेवारी आएमा पछि नहट्ने संकेत गरे । भुवन पछिल्लो समय ‘एन्टी हिरो’ नामक फिल्मको तयारीमा छन् । फिल्मको छायाँकन भइसक्नु पर्ने भएता पनि स्क्रिप्ट पुरा नहुँदा काम अगाडी बढेको छैन । उनको फिल्मलाई भारतीय मुलका निर्देशकले निर्देशन गर्नेछन् । भारतबाट आएको स्क्रिप्ट चित्त नबुझेपछि यतिबेला भुवनको फिल्मको स्क्रिप्ट तयार गर्ने जिम्मा प्रदीप भारद्वाजले पाएका छन् । उनले अनमोलको लागि ‘कृ’ लेखिसकेका छन् ।











