नयाँ फिल्मको तयारीमा जुटिन् कृषा

फिल्म । निर्देशक कृषा चौलागाईं नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । उनको गएको चैत २९ मा प्रदर्शन भएको फिल्म ‘पिताम्बर’ दोस्रो सातामा प्रदर्शन भइरहदा उनले नयाँ फिल्मको तयारी थालेकी हुन् । आज वितरक रोहित कट्टेलले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै नयाँ फिल्मको बारेमा जानकारी दिएका छन् । उक्त फिल्म कृषाको निर्देशन र पुरुषोत्तम प्रधानको सह निर्माण तथा छायांकन निर्देशनमा तयार हुनेछ ।

फिल्मको नाम र अन्य कुरा केही पनि बताइएको छैन । तर, फिल्मलाई भने यो वर्षको फागुनमा रिलिज गर्ने घोषणा गरिएको छ । कृषाले फागुनमा नयाँ कथामा फिल्म बनाउँछिन् या ‘पिताम्बर’को सिक्वेलमा काम गर्छिन्, त्यो पनि खुलेको छैन ।

फिल्म ‘पिताम्बर’बाट कृषाको तारिफ पनि निकै भयो । उनले, यो फिल्मबाट आफूलाई सबल निर्देशकको रुपमा पुष्टि पनि गरिन् ।

कमेन्ट गर्नुहोस्