सामाजिक कार्यमा ‘माग्ने बुढा’ को बढ्यो सक्रियता

फिल्म । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पशुपतिमा जारी श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आफ्नो आगामी फिल्म ‘माग्ने राजा’ को प्रवर्द्धनका लागि सोमबार महायज्ञमा पुगेका ‘माग्ने बुढा’ले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

महायज्ञमा ‘माग्ने राजा’ फिल्म युनिटका अन्य सदस्यहरू अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने र लेखक सामिप्य तिमल्सिना पनि उपस्थित थिए । अभिनेता घिमिरेले समाजसेवामा पनि सक्रियता बढाउने गरेका छन् । मानवसेवा फाउन्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्ने उद्देश्यले यो महायज्ञ आयोजना गरेको हो ।

कमेन्ट गर्नुहोस्