फुटबलर अनिल हिरो बन्दै

फिल्म। फुटबलर अनिल गुरुङको जीवनमा फिल्म बन्ने भएको छ । उनको बायोपिकमा उनैले अभिनय गर्नेछन् । विगत २ वर्ष देखि उनको खेलकुद गतिविधिलाई कैद गर्दै फिल्मको छायाँकन समेत भईरहेको छ । ‘भकुण्डो’ नामको उक्त फिल्मलाई शिव पुरीले निर्देशन गरिरहेका छन् । काठमाडौँ, पोखरा र जोमसोममा खिचिएको फिल्ममा अनिलले राष्ट्रिय टिमबाट खेल्दै गर्दानै फिल्मको केहि दृश्यहरु पनि खिचिएको थियो ।

राष्ट्रिय फुटबल टिमको कप्तान समेत रहिसकेका अनिल स्ट्राइकर हुन् । विक्रम संवत २०६४ सालमा राष्ट्रिय फुटबल टिममा परेका उनले १० वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा ५० खेलमा १० गोल गरेका थिए । कुनै बेला फुटबल खेलेरै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका अनिलले तिन वर्ष अगाडी राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।

कमेन्ट गर्नुहोस्