‘बजार विस्तारमा सम्बन्धित निकायको भूमिका आवश्यक छ’

फिल्म । माघ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ समाजसँग जोडिएको कथामा बनेको पटकथाकार तथा कार्यकारी निर्माता सुदीप बरालले बताए । ‘फिल्मको स्क्रिप्टमा हामीले दर्शक भएर काम गरेका छौं । सबैले बुझ्ने र कनेक्ट गर्ने फिल्म बनाउने कोसिश गरेका छौं’, कार्यकारी निर्माता बरालले भने । उनले फिल्म नेपालीसँगै अन्य भाषामा समेत प्रदर्शनमा आउँन सक्ने बताए ।

‘हामीले अन्य भाषामा प्रदर्शन गर्ने तयारी गरेका छौं । प्रदर्शन बारे छिटै जानकारी गराउने छौं’, उनले भने । नेपाली फिल्मलाई बाहिरी मार्केटमा सजिलो भने नरहेको उनको बुझाइ छ । सेन्सर, रिलिज, स्वराङ्कन गर्न सजिलो नरहेको बताउछन् । ‘सम्बन्धित निकाएले नै बजार विस्तारमा ध्यान दिए सहज हुन्थ्यो । हामीले आफैँ मेहनत गर्दा धेरै कुराहरू बुझ्दै अगाडी बढ्दा अनुभवको कमि हुन्छ’, कार्यकारी निर्माता बरालले भने ।

उनले नेपालीसँग भारतीयको संस्कृति मिल्ने भएकाले पनि यहाँको कथा त्यहाँ देखाउन सकिने बताए । फिल्म सहरिया साम्राज्ञी र गाउँले जीतुको कथा वरिपरि घुमेको छ । यसमा विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारको समेत अभिनय रहेको छ ।

फिल्म ‘ह्यारी कि प्यारी’ मा निर्देशक रिजालकै कथा तथा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन रहेको छ । यसमा सुदिप बरालको छायांकन निर्देशन, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । बिआर प्रोडक्सनको व्यानरमा डा. भोला रिजालको निर्माण रहेको फिल्ममा कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

कमेन्ट गर्नुहोस्