‘हरिबहादुरको जुत्ता’ मा यस्तो देखिए हरिवंश

फिल्म । नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो झलक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा हरिवंश आचार्यलाई एकल रूपमा प्रस्तुत गरिएको छ, जसले उनको पात्र ‘हरिबहादुर’लाई स्पष्ट रूपमा चित्रण गर्ने प्रयास गरेको छ । नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय यो पात्रलाई झल्काउने पोष्टर शान थापा र विजय वस्यालले तयार गरेका छन् ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । फिल्म दशैंको फूलपाति अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । छायांकन कृष्ण बहादुर थापा र सम्पादन नकुल खड्काले गरेका छन् । सङ्गीतमा बसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको योगदान छ । आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर फिल्ममा समावेश छ ।

कमेन्ट गर्नुहोस्