पुष्पसंग सुनिसाको ‘पार्यो माया जालैमा…’ (भिडियो)

संगीत । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । गीत र गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ ।

कमेन्ट गर्नुहोस्