प्रेमलीलाले ल्यायो ‘मुण्डन गर्दा पुरस्कार पाइने अफर’

फिल्म । पछिल्लो समय फिल्मकर्मी आफ्नो फिल्मलाई विभिन्न तरिकाले प्रचारप्रसारमा ल्याउने गर्छन । दर्शकको ध्यान फिल्म तिर तान्न पब्लिसिटी केहि फरक हुनै पर्छ । माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’ ले पनि नयाँ शैलीबाट प्रचार सुरु गरेको छ । निर्माण टिमले ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजना गरेको छ । कपाल मुन्डन गर्दाको अनुभव सबैसँग साट्न ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजना गरिएको निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काको भनाइछ । केहि समय अगाडी उनले फिल्मकै लागि आफ्नो कपाल मुण्डन गरेकी थिइन् ।

उनले घोषणा गरेको प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज ‘प्रेमलीला’ मा लाइक्स गरि आफ्नो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटो मध्येबाट उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ भने निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई पचास हजार, दोस्रो हुनेलाई पच्चिस हजार र तेस्रो हुनेलाई नगद दश हजार प्रदान गरिनेछ ।

निर्मात्री खड्काकै कथा रहेको फिल्मले नेपालीकी एक युवती र भारतका एक युवकबीचको प्रेमकथा देखाइएकोछ । फिल्ममा खड्कासँगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ । यसमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

कमेन्ट गर्नुहोस्