हङकङमा रुचाइयो ‘पुरानो बुलेट’

फिल्म । सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार फिल्म ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा फिल्मको ग्राण्ड प्रिमियर भएको हो । प्रिमियरमा फिल्म हेर्न पुगेका दर्शकले यसको विषयवस्तुलाई रुचाएका छन् । पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मको प्रस्तुती, कलाकारहरुको अभिनयलाई दर्शकले रुचाए, आयोजक मध्येका एक मज्जाको राईले भने, ‘नेपाली मौलिकता बोलेको यो प्रकारको फिल्मको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ ।’

फिल्ममा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ गरेका छन् । साथै डेब्यु निर्देशक राईको कामको पनि तारिफ भएको छ । ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त ‘शो’को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए ।

यसफिल्ममा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् । फिल्म नेपालमा चैत्र १ बाट प्रदर्शनमा आउदैछ ।

कमेन्ट गर्नुहोस्