‘के घर के डेरा : घर नं २’ : पोस्टरमा पात्र र परिवेश

फिल्म । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा : घर नं २’ को तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक खनालको जन्मोत्सवको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा यसका पात्र र परिवेशलाई चित्रण गरिएको छ । जेठ २ गते प्रदर्शन हुने फिल्ममा एक पोस्टरमा निश्चल बस्नेत फिचर्ड छन् । जहाँ उनी कतै पुग्न हतारिएको आभाष हुन्छ ।

दोस्रोमा अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुग गरिएको छ । झोला भिरेकी तथा हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डोराउँदै, मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ । तेस्रो पोस्टरमा अधिकाशं मुख्य पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्मको नाम अनुसारको बिम्बमा आफूलाई प्रस्तुत गरेको छ । यस पोस्टरमा पात्रहरूलाई तीन तले घरको तल्लाका विभिन्न कोठाको झ्यालमा भएझैं गरी डेरा जीन्दगीमा उनीहरुको मनोदशामा प्रस्तुत गरेको छ ।

यस पोस्टरमा अभिनेता आर्यन सिग्देल, खगेनद्र लामिछाने तथा अभिनेत्री केकी अधिकारीलाई गम्भिर, चिन्ताग्रस्त र गम्भिर भावमा देख्न सकिन्छ भने अर्को तर्फ निश्चललाई खुशी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपसनासँग खुशी मुडमा र श्रृजना नापितलाई खुशी भइरहेको देख्न सकिन्छ ।

‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरद्वारा लिखित फिल्म ‘के घर के डेरा : घर नम्बर २’ मा कृष्णबहादुर थापा छायांकन रहेको छ । नकिम उद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन् । नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको फिल्म जेठ २ मा नेपालसहित विदेशका केही भूभागमा प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्