फिल्म । फिल्म ‘काँडेतार” निर्माण समूहले देशभरको सिमानामा काँडेतारलगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा कलाकार नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार काठमाडौँस्थित रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । आफूले फिल्म ‘काँडेतार को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र आज थप संकलन गगरिएको बताएका छन् ।
उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए । उनको फिल्म ‘काँडेतार’ राष्ट्रिय भावनामा आधारित यो फिल्म भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।
फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।












