फिल्म । नेपाली फिल्ममा ‘लिलिबिली’ मार्फत उदाएकी नायिका जसिता गुरुङले त्यसपछि लभ स्टेसनमा अभिनय गरिन् । चर्चाको हिसाबले जसितालाई फाइदा नै भयो तर सफलता भने हात परेन । यसैले गर्दा उनले तेस्रो फिल्ममा निकै मेहनत गरेकी छिन् । डान्स बेस्ड फिल्ममा उनले धिरज मगरसंग स्क्रीन शेयर गरेकी छिन् । यिनै जसिताले सामाजिक सञ्जालमा लुक्स सार्वजनिक गरेकी छिन् । उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्–‘अन्ततः लामो समयसम्म लुकाएपछि मैले यो लुक्स सार्वजनिक गरेकी छु ।
सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’ तेस्रो फिल्म ‘आइएम ट्वान्टी वान’ मा काम गरेकी जसिताको यो लुक्स उक्त फिल्मकै रहेको अनुमान लगाउन सकिन्छ । फिल्म छायांकन अवधिमा फिल्मका कुनै कलाकार वा प्राविधिकले तस्वीर बाहिर ल्याएका थिएनन् । रेनाशा वान्तवा राईको निर्देशनमा तयार भइरहेको फिल्म अवस्था सामान्य भएपछी प्रदर्शनमा आउने छ ।
फिल्मको लागि रेनाशाले झन्डै २ वर्षको समय खर्चेको बताउदै आइरहेकी छिन् । फिल्मलाई प्रतिक्षित फिल्मकै सुचीमा राखिएको छ । किनकी राई निर्देशित पहिलो फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ लाई विशेषत युवा पुस्ताले रुचाएका थिए । जसिताको कुरा गर्ने हो भने उनको नेक्स्ट भुवन केसीको फिल्म ‘एन्टी हिरो’ भनिएको छ । यद्दपी फिल्मको छायांकन एक वर्ष अगाडी हुने सम्भावना निकै न्यून छ । यतिबेला भुवनले अनमोललाई पारस , माइतीघरको सिक्वेलमा अभिनय गराउने वा प्रस्तावित फिल्म एक्स नाइनमा अनुबन्धित गराउने भन्ने विषयमा निर्णय लिईसकेका छैनन् ।