देश । नेपाल सांस्कृतिक महासङ्घको आयोजनामा देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले नेपाली काङ्ग्रेसले गरेको क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपुर्ण घटनाहरु र भावी योजना देभरका जनतासमक्ष पु¥याउन अभियानको सुरुआत गर्न लागिएको बताए ।
अध्यक्ष थापाले माघ २४ गते नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यलय सानेपामा उद्घाटन भई अभियानको सुरुआत हुने जानकारी दिए । महासङ्घका महामन्त्री शिवशङ्कर रिजालले पहिलोचरणमा सातै प्रदेशको हरेक जिल्लामा कार्यक्रम हुने बताए ।
उनले भने,‘जनतामाझ काङ्ग्रेसलाई अझ नजिकबाट चिनाउन यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साथै यो अभियानमा स्थानीय कला र संस्कृतिको प्रवद्र्धन पनि हुनेछ ।’
आयोजित पत्रकार सम्मेलनमा महासङ्घकी कोषाध्यक्ष राधिका हमाल, बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री, कलाकार प्रभाकर देव शर्मा, प्रभातमणी ओझा, लोकगायक विमलराज क्षेत्री लगायतको उपस्थिती थियो ।