देश । पछिल्लो समय नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडिया दोषारोपणमा उत्रिएका छन् । नेपाली भुमिमा भारतले सडक बनाएपछि नेपालले आफ्नो भुमि सहितको नक्सा सार्वजनिक गरेको हो । यस विषयलाई लिएर पछिल्लो समय विभिन्न टिक्काटिप्पणी हुन् थालेका छन् । नेपालको समर्थन गरेपछि अभिनेत्री मनिषा कोइरालालाई पनि भारतीय मिडियाले खेदो खनिरहेका छन् ।
यसैबीच संघीय सांसद तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भारतीय च्यानलमै अन्तर्वार्ता दिने क्रममा नेपालको नक्सा सहि रहेको बताएका छन् । सरकारसँग विभिन्न विमति भए पनि सिमानाको विषयमा हाल सरकारले लिएको अडानको पक्षमा आफूहरु पनि उभिएको समेत उनले प्रष्ट पारेका छन् । नेता रिजालले भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा दिएको प्रतिक्रिया यतिबेला समाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
रिजालले नेपाल भारतसँग जस्तै चीनसँग पनि मित्रता राख्न चाहने बताउदै आफ्नो कुरामा भारतीय मिडियालाई नचाहिदो सल्लाह नदिन आग्रह गरे । ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस्’ नेता रिजालले अन्तर्वार्तामा भने । नेता रिजालले कार्यक्रममा नेपाल सरकारले नक्सा सार्वजनिक गरेको निर्णयलाई खुलेर प्रशंसा गरे । उनले भारत नै लामो समयदेखि वार्ताको लागि तयार नरहेकोमा प्रतिप्रश्न गरेका थिए । रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट आफुहरु निराश भएको पनि प्रतिक्रिया दिएका थिए ।
भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तर्वार्तामा रिजालसँगै नेपाली दुई पत्रकार प्रकास रिमाल र सुवास घिमिरे पनि थिए ।अर्नवले अन्तर्वार्तामा ह्यासट्यागको रुपमा ‘चीनले नेपाललाई प्रयोग गर्छ‘ भन्ने वाक्यलाई बहसको विषय बनाएका थिए ।
#ChinaUsesNepal | India is very important to us, China is also very important: Minendra Rijal- Member of the House of Representatives of Nepal's Federal Parliament & Former Minister of Information & Technology pic.twitter.com/2FVpdGeI7f
— Republic (@republic) May 20, 2020












