फोर स्टेपको ब्रान्ड एम्बेसडर बने सरोज

देश । कलाकार तथा चित्रकार सरोज लामिछाने फोर स्टेप कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएका छन् । कन्सल्टेन्सीको वार्षिकोत्सबको अवसरमा उनलाई सम्झौता गरिएको हो । बलिउडसम्म आफ्नो पाइला चालिसकेका चित्रकार तथा कलाकार लामिछानेले आँखामा पट्टि बानेर ५ मिनेटमा चित्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका छन् ।

लामिछानेले आईओएम युएन मिसनदेखि विभिन्न सस्थामा आवद्ध मानसिक स्वास्थ्य तथा मनो-सामाजिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेका छन् । फोर स्टेप कन्सल्टेन्सीले बिगत ७ वर्ष देखि विदेशमा पढ्न चाहने नेपाली बिद्यार्थीहरुलाई विभिन्न बिकसित मुलुकहरु अमेरिका, अस्ट्रेलिया, युके, क्यानडा, साउथ कोरिया, न्युजिल्यान्ड ,जर्मनी, डेनमार्क उच्च शिक्षा अध्यनका लागि विद्यार्थी पठाउने गरेको छ ।

कमेन्ट गर्नुहोस्