‘गणपति’ घोषणा

फिल्म । काठमान्डौमा मंगलवार एक कार्यक्रमको आयोजना गर्दै सविन अधिकारीको निर्देशनमा फिल्म ‘गणपति’ निर्माण हुने घोषणा भएको छ । फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मले भगवान र मान्छेको कथालाई देखाउने छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन् । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे ।

अ विग म्यान फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ । तनहुँ बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मलाई हरिबहादुर घलेले खिच्नेछन् ।

विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकरको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्