लेडी र किमले छाडे घर

हलिउड । लेडी गागा र किम कार्दशियनले घर छाडेका छन् । रेन विल्सनले पनि घर छाडनु परेको छ । यिनीहरुले बढ्दो आगलागीको कारण घर छाडेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा आगलागी भएको छ जसको कारण २५ जनाले ज्यान गुमाईसकेका छन् । यसको कारण मालिबु, प्याराडाइज, क्यालाबासस र थाउजेन्ड ओक्समा रहेका बासिन्दाले घर छाडेका हुन् । यसैक्रममा लेडी , किम र रेन जस्ता स्टारले पनि घर छाडेका छन् । लगभग प्याराडइज शहरको ६५ सय घरलाई आगोले नष्ट गरेको छ । यस आगलागीलाई ‘वुलसी फायर’ नाम दिइएको छ ।

कमेन्ट गर्नुहोस्