ड्रिम गर्ल अडिसनबाट छाने – निर्देशक आचार्य

फिल्म । शुक्रबारबाट फिल्म ‘ड्रिम गर्ल’ रिलिज हुदैछ । ऋषिराज आचार्यको निर्देशनमा तयार फिल्म मार्फत आश्मा गिरी रजतपटमा डेब्यु गर्दैछिन । फिल्ममा उनको को-स्टार छन् , आकाश श्रेष्ठ । फिल्म यतिबेला रिलिजको अन्तिम तयारीमा छ , तर निर्माणमा त्यति सहज थिए । निर्देशक आचार्यले यसको नाम देखि नै कठिनाइको समना गर्दै फिल्मलाई तयार गरे । यसमा आकाश र आश्मासँगै विल्सन विक्रम राइ , अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ । फिल्मको रिलिजकै साता हामीले यसका निर्देशक आचार्यसँग कुराकानी गरेका छौ ।

टाइटल पाउन् सहज थिएन ऋषिले फिल्म निर्माण गर्ने सोच बनाए देखि नै टाइटल जुराएका थिए । उनले ‘ड्रिम गर्ल’ टाइटल जुराएर कथा लेख्न अगाडी बढाए । तर फिल्म दर्ता गर्ने समयमा उनले केहि कठिनाइको सामना गर्नु पर्यो । ‘हामीले टाइटल दर्ता गर्ने समयमा थाहा पायौ यसलाई अरुले नै दर्ता गरिसकेको रहेछन’ निर्देशक आचार्यले सुरुवाती दिनलाई सम्झिदै भने ‘तर दर्ता गरेको कम्पनिए फिल्म निर्माणमा अग्रसरता नलिएपछी हामीले यो टाइटल लिएर निर्माण प्रक्रियालाई अगाडी बढाएका हौ ।’ उनले यस टाइटल बाहेक आफ्नो कथाले न्याय न पाउने समेत बताए । ‘मैले टाइटल सोचेर कथा लेखेको थिए , त्यसैले अरु टाइटलमा यो जस्टिफाई हुन् सक्थेन’ निर्देशक आचार्य भन्छन ‘फिल्म राम्रो बनाउने कोसिस गरेको छु , किनकी हरेक फिल्मले परिपक्क बनाउदैछ ।’

अडिसनमा भेटिइन् ड्रिम गर्ल ऋषिले कथा त तयार गरे तर आफुले सोचेको ड्रिम गर्ल भने सहजै भेटेनन् । ‘अहिलेको अवस्थामा भन्ने हो भने त सातै प्रदेशमा अडिसन लिए’ निर्देशक आचार्य भन्छन ‘काठमाण्डौकी अडिसन मार्फत उनलाई(आश्मा) सेलेक्ट गरेको हु ।’ आश्मा काठमाण्डौको दोस्रो अडिसनमा सहभागी हुन् आएकी थिइन् । ‘मलाइ यी हिरोइन हुन् सक्छिन भन्ने कुरा पनि आएको थियो तर अडिसनमा नै हेरौ भने , किनकी मलाइ फ्रेस अनुहारमा कन्फिडेन्ट चाहिएको थियो ।’ आकाशलाई पनि उनले त्यहि अनुरुप नै सेलेक्ट गरेका हुन् । ‘हामीले आश्मा र आकाशलाई जे सोचेर लिएका थियौ , फिल्ममा त्यो काम भएको छ’ निर्देशक आचार्य भन्छन ‘आश्मालाई डेब्यु गर्ल कसैले भन्नु हुदैन ।’

नेपाल र थाइल्याण्डको मनोरम दृश्य ‘हामीले फिल्मका केहि दृश्यलाई सौन्दर्य बनाउन लोकेसनमा पनि ध्यान दियौ । यसैले गर्दा हामीले नेपालमा रारामा गएर छायाँकन गर्यौ । त्यहाँ गीत मात्र होइन दृश्य पनि छायाँकन भएको छ , जुन फिल्ममा नै जोडिएर आएको छ’ निर्देशक आचार्यले भने । उनले रारा छायाँकनको क्रममा पाएको दुखलाइ पनि सम्झिए । ‘डे फस्टमा निकै जोश थियो तर जति रारा नजिक जादै गयौ त्यति परिस्थिति असहज हुदै गयो’ उनले सम्झिए ‘मैले पहिला सिन सकाए नत्र गाह्रो हुन्थ्यो किनकी म बिरामी पाएको थिए ।’ कलाकार र टेक्निसियनकै साथ् र सहयोगको कारण राराको मनोरम दृश्यलाई ड्रिम गर्लमा कैद गरिएको उनले बताए । भौगोलिक अवस्थाको कारण रारा असहज भयो तर उनलाई सम्पन्न थाइल्याण्ड पनि त्यस्तै भयो । ‘हाम्रो यहाँ र उताको मौसम अनुकुल नहुदा थाइल्याण्डमा गाह्रो भयो’ उनले आश्मालाई हस्पिटल नै भर्ना गर्नु परेको समेत सम्झिए । ‘उनलाई मौसमको कारणले हस्पिटलमै भर्ना गरेर उपचार गराउनु पर्यो तर पनि हामीले सोचे जसरि नै विदेशी भूमिमा पनि छायाँकन गर्यौ’ निर्देशक आचार्य ति दृश्यमा दर्शकले भरपुर मनोरंजन प्राप्त गर्ने बताउछन् ।

कमेन्ट गर्नुहोस्