‘नहेर त्यसरी मैच्याङ’ सार्वजनिक (भिडियो)

संगीत । भिमफेदी गाइज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘नहेर त्यसरी मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो सर्वाजनिक भएको हो। मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पुर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ। लामो समय देखि नेपाली गीतसंगीतमा लागि परेका गायक, संगितकार तथा गीतकार इश्वर मगियाको को गीतमा भिमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ। गयक मगिया एक संगीत शिक्षक पनि हुन्।

मायामा असफल पात्रले आफ्नो माया प्राप्तिको लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घट्नालाई देखाइएको छ। गीतको भिडियोमा भिमफेदी गाइजका निर्मल लामा भिलेनको रुपमा प्रस्तुत भएका छन्। गीतमा भिलेन किन बन्नु भएको भन्ने प्रश्नमा निर्मल भन्छन्, ‘भिलेन जस्तो म मात्रै थिएँ त। ग्रुपमा मेरो अनुहार भिलेनको जस्तो छैन त ? ’आफूहरुले यस गीतको लागि कडा मेहनतका साथ काम गरेको बताए। मनाङको माइनस १३ डिग्रि चिसोमा २ दिन लगाएर खिचिएको गीतमा यस पटक आफुहरुले पुर्वजन्म र पुर्नजन्मको प्रेमलाई देखाउन खोजिएको बताए। सार्वजनिक सेलो शैलीको स्याड भर्सनको गीतमा भिमफेदी गाइजको साथमा निर्जली लामाको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्