सङ्गीत । गायक सुमन सरगमको नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक भएको छ। आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियो चर्चित गायकद्वय राजेश पायल राई र यशकुमारले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै राजेश पायल राईले आफू निर्णायक रहेको रियालिटी शोमा सुमनको प्रतिभा देखेको स्मरण गर्दै नयाँ गीतमा उनले गायनसँगै अभिनय पनि प्रभावशाली ढंगले प्रस्तुत गरेको बताए।
गायक यशकुमारले पनि काठमाडौं आउँदा सुमनसँग भएको पहिलो भेट सम्झिँदै संघर्षका दिनमा उनलाई सहयोग गरेको उल्लेख गरे। उनले सुमनको प्रगति देखेर खुसी लागेको बताए।
सुमन सरगम र मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा याकुभ तामाङ म्युजिक प्रोड्युसर तथा रेशम गदालले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सुमन सरगम र गरिमा शर्माको अभिनय रहेको छ। भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको कलर, विवेक सुनारको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ।
‘आफ्नो बनाई लैजाउ’को भिडियो गायक सुमन सरगमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।









