अल्लारे अनुपम (भिडियो)

संगीत । गायन तथा अभिनयको कारण चर्चामा आउने अनुप शर्मा ‘अल्लारे” बोलको गीतमा मोडलको रुपमा प्रस्तुत भएका छन् । सार्वजनिक भिडियोमा अनुपमले अल्लारेको दैनिकीलाई प्रस्तुत गरेका छन् । भिडियोमा उनले दैनिकी मार्फत सहरलाई समेत देखाएका छन् । गीतमा जेम्स प्रधानको शब्द र संगीत रहेको छ भने स्वर सन्तोष पण्डितले दिएका छन् ।

गीतलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने यसमा नविन निरौलाको सम्पादन रहेको छ । गम्भीर बिस्टको कोरियोग्राफी रहेको गीतमा एसोसियट निर्देशकको रपमा जया शर्मा छिन भने यसलाई सुव्रतराज अचार्याले निर्देशन गरेका हुन् । ‘गीत सुन्ने वितिकै हाम्रो टिमले सोचेकै नाम अनुपम हो’ सुव्रतले भने ‘उनले हाम्रो सोचलाई भिडियोमा उतार्न सफल भएका छन् ।’

कमेन्ट गर्नुहोस्