नेपालमा पहिलोपटक ‘हरर फिल्म महोत्सव’ हुँदै

फिल्म । नेपालमा पहिलोपटक हरर, काल्पनिक, र लोककथामा आधारित फिल्म महोत्सव आयोजना हुने भएको छ । हेलोवीनको अवसरमा आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म काठमाडौंमा यो महोत्सव हुनेछ ।

महोत्सवका निर्देशक रसिक पाठकका अनुसार, नेपालमा यी विधाका फिल्महरू कमै बन्छन् र दर्शकले यस्ता फिल्म हेर्ने अवसर पनि पाउँदैनन् । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (नीफ) को सह-आयोजनामा यो महोत्सव मार्फत हरर, काल्पनिक, र लोककथा विधाका फिल्महरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

‘यो महोत्सवले यस्ता फिल्महरूको निर्माण र दर्शक वृद्धिका लागि वातावरण बनाउनेछ’, पाठकले भने । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ, जसअन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म, र युथ फिल्मलाई पुरस्कृत गरिनेछ । आयोजकले फिल्महरूका लागि आवेदन पनि खुला गरेको छ ।

कमेन्ट गर्नुहोस्