माघ ४ मा ‘गरुड पुराण’

फिल्म । सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ को रिलिज डेट फिक्स भएको छ । अन्तत फिल्म माघ ४ मा रिलिज हुने भएको छ । फिल्मले पोष्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो । ‘फस्टलुक अन्तर्गत हामीले क्यारेक्टरको लुक्स सार्वजनिक गरेका छौ , केहि दिनमा गीत अनि ट्रेलर पनि आउदैछ’ निर्देशक कोइरालाले बताए । ‘अपवाद’ डेब्यु निर्देशक यस फिल्म मार्फत निकै आशावादी छन् । ‘फिल्मले दर्शकलाई बोर हुन् नदियोस भन्ने प्रयास छ’ उनले भने ‘फिल्ममा सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरेका छौ ।’

‘गरुड पुराण’ को पोस्टरमा नायक नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । नाजिरसँगै पोस्टरमा कलाकारहरु कर्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया र नव नायिका प्रियंका सिंह ठकुरी प्रस्तुत छिन् । फिल्ममा लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ ।

पारिवारिक प्रेमकथामा आधारित गरुड पुराण मा हास्य रस पनि रहेको निर्देशक कोईरालाको भनाई छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्