एउटै डेटमा क्याप्टेन र जात्रै जात्रा

जयहोस् । फिल्म ‘क्याप्टेन’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरिसकेको छ । छायाँकनको समयमा भाद्रको पहिलो साता रिलिज गर्ने तयारी गरिएता पनि विभिन्न कारणले फिल्म अब फागुन १७ मा रिलिज हुने पक्का भएको छ । तर सोहि डेटमा केहि समय अगावै फिल्म ‘जात्रै जात्र’ पनि प्रदर्शनमा आउने घोषणा भईसकेको छ । युवास्टार अनमोल केसी अभिनित भएकाले ‘क्याप्टेन’ प्रतिक्षित छ भने सफल फिल्म जात्राको सिक्वेल भएकोले ‘जात्रै जात्रा’ पनि प्रतिक्षित छ । यसैले गर्दा क्याप्टेनले फागुन १७ लाई डेट लक गरेसँगै फिल्मनगरी यी दुई फिल्मको रिलिजलाई लिएर चर्चा सुरु भएको छ । फिल्मनगरीले नै आश गरेको र दर्शकमाँझ प्रतिक्षित बनेको यीदुई फिल्मले रिलिजको लागि एउटै मिति तोक्नु सुखद खबर त होइन तर शिवरात्रीलाई लक्षित गर्दै प्रदर्शनमा आउने फिल्मले विदाको भने भरपुर लाभ उठाउने देखिएको छ । ‘जात्रै जात्रा’ लाइ प्रदिप भट्टराईले निर्देशन गर्नेछन भने ‘क्याप्टेन’ का निर्देशन दिवाकर भट्टराई हुन् । साइनोमा दाजु भाइ समेत पर्ने प्रदीप र दिवाकर पछिल्लो समय फिल्मनगरीमा चर्चामा रहेका निर्देशक हुन् ।
कमेन्ट गर्नुहोस्