‘जदौ’मा जोडिए बिनोद

फिल्म । निर्माणधीन फिल्म ‘जदौ’मा अभिनेता बिनोद न्यौपाने अनुबन्धित भएका छन् । यसअघि मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा फाइनल भइसकेको यो फिल्ममा बिनोद रमाइलो पात्रको रूपमा प्रस्तुत हुनेछन् । जस्तोसुकै भूमिकामा पनि उत्कृष्ट अभिनय गर्न सक्ने बिनोद पछिल्लो समयका माग भएका अभिनेतामध्ये एक हुन् ।

काजी लिम्बूको लेखन रहेको फिल्म ‘जदौ’ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्न लागेको हो । फिल्मका सह-निर्माताहरू रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको यो फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । दाङ र प्युठानका विभिन्न स्थानमा छायांकन हुने यो फिल्ममा बाबुल गिरीको संगीत रहनेछ ।

कमेन्ट गर्नुहोस्