फिल्म । डेब्यु निर्देशन रहेको फिल्म ‘बुलबुल’ मार्फत आफुलाई स्थापित निर्देशक बनाइसकेका निर्देशक विनोद पौडेलले नयाँ फिल्म घोषणा गरेका छन् । उनको नयाँ फिल्मको नाम ‘रबर सिटी’ राखिएको छ । अविरल थापाले निर्माण गर्ने फिल्ममा अन्य लगानीकर्ताको रुपमा राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि रहनेछ । ‘रबर सिटी’ चलचित्रले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्ने फिल्मको छायांकन अमेरिकामा नै हुनेछ ।
५ लाख डलर लगानी हुने बताइएको फिल्ममा कलाकार सुशांक मैनाली र राधा लम्साललाई फाइनल गरिएको जनाइएको छ । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो । यसै सेरोफेरोमा पुर्नवास गरिएको भुटानी शरणार्थीको कथालाई फिल्ममा देखाइने छ । विनोदको नै कथा तथा पटकथा रहेको यो चलचित्रमा अंकित पौडेलको छायांकन रहनेछ ।










