संगीत । कोरियोग्राफीमा अग्रपंक्तिमामा आउने नाम हो , गम्भीर विष्ट । प्राय काममा व्यवसायिकता देखाउने गम्भीरले पछिल्लो भिडियो ‘चित्र विचित्र’ मा भने आर्ट देखाउने कोसिस गरेका छन् । कोरियोग्राफरसँगै कलाकार समेत रहेका गम्भीरले भिडियोलाई महाकवी लक्ष्मीप्रसाद देवकोटा प्रसिद्ध कविता ‘पागल’ बाट प्रभावित भएर तयार पारेका छन् । भिडियोमा फिचर्ड भएका आर्टिस्ट आतिस जाइरो मार्फत पागल युवाको मनको वहलाई प्रस्ट्याउन खोजिएको भान हुन्छ ।
उनको समवेदनालाई भिडियोमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । भिडियो मार्फत गम्भीर आशावादी छन् । यसमा मनिष वशिष्ठको शब्द रहेको छ भने संगीत र स्वर रिदम कंडेलको रहेको छ । भिडियोमा निर्देशन गम्भीरको रहेको छ भने कन्सेप्ट पनि उनकै हो । गीतमा नवराज उप्रेतीको छायांकन , ओम पौडेलको सम्पादन /भिएफएक्स र कलर रहेको छ भने एसिस्टेन्ट निर्देशकको रुपमा सुबोल थापा रहेका छन् ।












