बुद्ध जयन्तीमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ रिलिज

फिल्म । आज बुद्ध जयन्तीको अवसर पारेर दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शन गरिएको छ । प्रायः शुक्रबारबाट प्रदर्शन सुरू गर्ने गरिएता पनि चाडपर्वमा एक÷दुई दिन अगाडि नै चलचित्रको प्रदर्शन गर्ने गरिन्छ । सार्वजनिक प्रदर्शन अगाडि काठमाडौँ कमलपोखरीस्थित एक चलचित्र भवनमा ‘फर्की फर्की’ को भव्य प्रथम प्रदर्शनी (प्रिमियर) गरिएको थियो ।

जहाँ चलचित्रकर्मी, कलाकर्मीसँगै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले चलचित्र हेरे । चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । सुयोग गुरुङ निर्देशित चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आजैदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाईको निर्देशक राउतले बताए । विकास सुवेदीद्वारा लिखित चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्