तस्वीरमा ‘प्रेमा’ जोडीको होली (फोटो फिचर)

फिल्म। प्रदर्शनको लागि तयार फिल्म ‘प्रेमा’ युनिटले आफ्ना कलाकारहरूको होली फोटोशुट गरेर तस्वीरहरू सार्वजनिक गरेको छ। गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार फिल्ममा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन्। होलीलाई लक्षित गर्दै अरुण र सुवेक्षाको तस्वीर सार्वजनिक गरिएको छ।

तस्वीरमा रातो रङ्गमा ‘प्रेमा’ जोडी प्रस्तुत छन्। उनीहरुले विभिन्न पोजमा आकर्षक तस्वीरले होलीको रमझम देखाएको छ। थापाथलीस्थित युएन पार्कमा खिचिएको तस्वीरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)समेतको अभिनय रहेको फिल्मको होली तस्वीरलाई फोटो पत्रकार श्रीधर पौडेलले शुट गरेका हुन्। फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्