पोस्टरमा ‘महानगर’

फिल्म । फिल्म महानगर (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर आज सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विश्व प्रिमियर भएको यो फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना , नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा पनि महानगर छनौट भएको छ ।

‘महानगर’ ले निफमा राष्ट्रिय फिल्मको क्याटगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडल वे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन निर्देशन मोहन राईले गरेको हुन् भने यसमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । पोस्टर सार्वजनिक गरेर पनि रिलिज तय नगरिएको फिल्म निकट भविष्यमा प्रदर्शन गर्नका लागि तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्