दोस्रो निफ २१ फेब्रुअरी देखि २५ सम्म काठमाण्डौमा हुने

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)को आयोजना हुने जानकारी गराइएको छ । गत वर्ष पोखरा आयोजना भएको पहिलो फेस्टिभलको सफलतापछि निफ २०१९ को आयोजना काठमान्डूमा गर्न लागिएको पर्यटन बोर्डको हलमा आयोजित पत्रकार सममेलनमा जानकारी गराइयो । वरिष्ठ फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ फिल्मकर्मी नीर शाह , अभिनेता रमेश उप्रेती , चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल , केन्द्रिय चलचित्र जाच पास समिति सदस्य सुभाष गजुरेल , अभिनेता निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै फेस्टिभलका संयोजक केपी पाठकले नेपाली फिल्मलाई अन्तराष्ट्रिय लेभलमा पुर्याउनको निमित पनि कार्यक्रम सार्थक हुनेमा जोड दिनु भयो ।

‘हाम्रो जुरी कमिटीमा नेपालसँगै विदेशी फिल्मकर्मी पनि हुनुहुन्छ , त्यहा हाम्रो फिल्मलाई उहाले हेर्नु हुन्छ हाम्रो फिल्म कस्तो बनेको छ भन्ने संदेश पनि जान्छ’ आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्थानका अध्यक्ष समेत रहेका केपीले महोत्सव आउदो फेब्रुअरी २१ देखि २५ सम्म काठमाण्डूमा हुने बताए । यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा फिल्महरु प्रदर्शनका लागि अन्तिम् छनौटमा परेका छन् । ती मध्ये नेपालका १६ फिल्महरु समावेश छन् । महोत्सवमा समावेश विदेशी फिल्महरु मध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्महरु छन् । यस्तै गरी नेपाली फिल्महरुमा ६ वटा फिचर र १० वटा शर्ट फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरु प्नि-महोत्सवमा समावेश गरिएको छ । सोही महोत्सवमा नयाँ फिल्मर्मिहरुकालागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको आयोजना गर्न लागेको कुराको घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्