‘चित्रा’ ट्रेलर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक्सन र पारिवारिक कथाको समिश्रण देखाईएको छ । अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता परिचित कलाकारको अभिनय रहेको फिल्ममार्फत सन्तोष अधिकारी अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।

‘पञ्चेबाजा’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ मा बुवाछोरीको कथा देखाईएको छ । यसमा अन्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आशिष थापा मगर निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अभिनेता अधिकारी हुन् । यसमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज शिवाकोटीको सङ्गीत, महेश पौडेलको छायाँकन, शैलेश श्रेष्ठको पार्श्व सङ्गीत, बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको वितरण श्री कृष्ण फिल्म्सले गर्दैछ । यसको अष्ट्रेलिया प्रदर्शक भने अविनास रोकामगर हुन् ।

कमेन्ट गर्नुहोस्