वेबसिरिजपछि फिल्म निर्देशन गर्दै प्रियंका

फिल्म । यतिबेला प्रियंका कार्की डेब्यु निर्देशकीय वेब सिरिजको काममा व्यस्त छिन् । आठ एपिसोडको सिरिजका लागि उनले दोस्रो सेड्युलमा काम गरिरहेकी छिन् । केहि समय अगाडी उनले फिल्म निर्माण गर्ने चर्चा चलेको थियो तर उनले अचानक वेब सिरिजको उद्घोष गरिन् , आफ्नो सोसल मिडियाबाट । एलजीबीटिआई’ समुदायको सम्मान गर्दै जुन महिनाको अन्तिम दिन अर्थात् प्राइड मन्थको अन्तिम दिन पारेर अभिनेत्री प्रियंकाले लेस्बियन कथामा निर्माण हुने सिरिजको फस्टलुक सार्वजनिक गरिन् ।

‘जस्ट अनोदर लभ स्टोरी’ सहित उनले विभिन्न ८ वेबसिरिज तयार गर्नेछिन् । तर , उनको गन्तव्य भने फिल्म निर्देशन नै रहेको छ । प्रियंका आफ्नै प्रोडक्सन कम्पनी प्रिंकलबेल पिक्चर्सबाट छिटै नै फिल्म निर्माण र निर्देशन गर्दैछिन् । ‘म टिम बनाउदैछु आउँदो केहि समयमा नै सबै जानकारी गराउनेछु’ उनले कथा लगायतको प्रि-प्रोडक्सनको काम भईरहेको बताइन । संवत उनले दसैँ तिहारपछि फिल्मलाई फ्लोरमा लग्ने गरि तयारी गरिरहेकी छिन् ।

डेब्यु निर्देशनमा उनलाई टेक्निकल निर्देशकको रुपमा सिमोश सुनुवारले साथ् दिनेछन । उनि आफ्नो प्रोडक्सन हाउसबाट हरेक वर्ष फिल्म ल्याउने तयारीमा समेत छिन् । ‘हामी आफैले निर्देशन गर्नु पर्छ भन्ने छैन , हामी राम्रो कथामा लगानी गर्न समेत तयार हुन्छौ’ प्रियंकाले बताइन । उनि निर्देशित वेब सिरिज आउँदो अगस्टमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्