फिल्मको कथा लेख्दैछन् यशकुमार

फिल्म । बाटो मुनिको फुलको कथा लेख्दै अभिनयमा आएका गायक हुन् यश कुमार । उक्त फिल्मलाई दर्शकले मन पराए । त्यसपछि उनले गायनसँगै अभिनयलाई निरन्तरता दिए । पछिल्लो फिल्म ‘छिरिङ’ मा अभिनयसँगै निर्देशन गरे । यिनै यश अब नयाँ फिल्मको तयारी छन् ।

फिल्मचाहिँ कपाल झरेपछि एक मान्छेले कस्तो–कस्तो दुःख भोग्छ भन्ने प्रसंगमा छ । फिल्मको कथा लेखिरहँदा आफैँलाई बडो रोमान्टिक महसुस गरिरहेको प्रतिक्रिया समेत यशले दिएका छन् । उनले फिल्मको नामसँगै स्टार कास्ट आउँदो केहि समयमा फाइनल गर्ने बताए

कमेन्ट गर्नुहोस्