फिल्म । बलिउडका भाइजान पछिल्लो समय फिल्म ‘भारत’ को काममा व्यस्त छन् । विभिन्न अवतारमा देखिने तयारीमा रहेका सलमानलाई दर्शक चुलबुल पाण्डेको अवतारमा देख्न आतुर छन् । उनले दर्शकको डिमाण्डलाई ख्याल गर्दै आउँदो अप्रिल १ बाट फिल्मको छायाँकन सुरु गर्नेछन् । उनले एक अन्तर्वार्ताको क्रममा यसलाई स्वीकारेका छन् । उनको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए ।
त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले ।अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ सलमानका नजिकका साथी प्रभुदेवाले निर्देशन गर्नेछन् । सलमान र प्रभुदेवाको केमेष्ट्रीलाई दर्शकले वान्टेडमा रुचाएका थिए । फिल्मको छायाँकन अप्रिलमा सुरु हुनेछ भने यसको रिलिज आउँदो क्रिसमसमा हुने समेत तय गरिएको छ ।











