मुहुर्तसँगै छायाँकनमा ‘ए मेरो हजुर ४’

फिल्म । पछिल्लो समय सिरिजको रुपमा दर्शकसामु अगाडी आइरहेको फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिजको छायांकन सुरु गरिएको छ । आज काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै यसको छायांकन सुरु गरिएको हो । शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा यूनिट उपस्थित थियो । कलाकारले क्यामेरा पूजा गरेपछि केही दृश्य काठमाण्डौमा खिचेर आजै पोखरा जाने निर्देशक झरना थापाले जानकारी दिइन् ।

यसको छायांकन पोखरामा १० दिन, काठमाण्डौ र ललितपुरमा करिब ३० दिन गरिनेछ । यसपछिको छायांकन यूरोप र ओमानमा गरिने निर्माता सुनिलले जानकारी दिए । प्रेमकथामा बन्न लागेको यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

कमेन्ट गर्नुहोस्