कास्टिङ काउचको बारेमा बोले आयुष्मान

फिल्म । पछिल्लो समय बलिउडमा लगातार हिट फिल्म दिनेममा पर्छन् , आयुष्मान खुरना । आर्ट र कमर्सियल दुवै फिल्ममा आफ्नो सशक्त उपस्थिति देखाएका आयुष्मानलाई आजको डेटमा कामको कुनै कमि छैन । उनले बलिउडमा ठुला भनिने व्यानरको पनि स्क्रिप्ट होल्ड गरिरहेका छन् । किनकी पछिल्लो समय आयुष्मानले दर्शक माँझ आफ्नो विश्वास बनाइसकेका छन् । तर , सुरुवाती दिनमा उनले निकै संघर्ष गरेका थिए ।

सन् २०१२ मा विक्की डोनर जस्तो फिल्ममा काम गरेर पनि उनको लागि बलिउड सहज भएन । त्यसको विभिन्न कारण मध्ये एक थियो , कास्टिङ काउच । उनले एक अन्तर्वार्तामा यसको सम्बन्धमा बोलेका छन् । आफु कास्टिङ काउचमा नपरेता पनि त्यसको सामना गरेको उनले बताए । ‘कास्टिङ निर्देशकहरुले सिधै प्रस्ताव गर्थे । उनीहरुको प्रस्ताव नमान्दा मैले केहि फिल्म पनि छाडेको छु , त्यो पनि लिड रोल’ आयुष्मानले भने ।

उनले यस्तै कारणले आफु कयौ पटक रिजेक्ट भएको समेत बताए । ‘मैले डिजर्भ गर्ने केहि भूमिका समेत छाडेको छु , कारण त्यहि हो’ उनले भने । कहिलेकाहीँ बलिउड आफ्नो लागि होइन जस्तो लागेता पनि उनले स्ट्रगल छाडेनन् । फलत आज उनले आफ्नो स्थान बनाइसकेका छन् । उनका फिल्मले पछिल्लो समय दर्शक र समीक्षक दुबैको मन जित्दै आएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्