फिल्म । हलिउडका नायक एवं पर्यावरणविद् लियोनार्दो डी क्याप्रियो फिल्म ‘टाइटानिक’ मार्फत विश्वभर चर्चित बनेका हुन् । यी हलिउड अभिनेता फिल्ममा मात्र होइन, वास्तविक जीवनमै हिरो बनेका छन् । अभिनेता लिओनार्दोले क्रुज पानीजहाजबाट समुद्रमा खसेका एक जना व्यक्तिलाई बचाएका छन् । फिल्मको सिङ झैँ लागेता पनि उनले यो साहसी काम रियल लाइफमै गरेका हुन् ।
ती व्यक्ति धेरै घन्टासम्म पानीमा खसीरहेका थिए भने ति पानीजहाजकै कर्मचारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । र उनी पानीमा खस्दा नसामा थिए । ती व्यक्ति ११ घन्टासम्म पौडिएका समेत थिए भने सहयोगको आसमा थिए । लिओनार्दो आफ्नी प्रेमिका कमिला मोर्रोनसँग डुंगामा सयरमा निस्केका बेला ती व्यक्तिलाई फेला पारेका थिए । ४५ वर्षे लिओनार्दोको यो साहसिकको कामको चर्चा विश्वभर छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











