दीपेन्द्रको फिल्ममा दया र पल ?

फिल्म । पछिल्लो फिल्म ‘छ माया छपक्कै’ को सफलतापछी निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने नयाँ फिल्ममा दयाहाङ राई र पल शाह देखिने भएका छन् । बुझीए अनुसार दयासँग सम्झौता गरेपनि पलसँग भने सम्झौता गर्न बाँकी छ । फिल्ममा अभिनेत्रीमा वर्षा राउतको अभिनय रहनेछन् । केहि समय यता दीपेन्द्र कथालाई स्क्रिप्टमा रुपान्तरण गर्न व्यस्त थिए ।

किरण नेपालीको निर्माण रहने फिल्ममा निर्देशन र कथा दीपेन्द्रकै रहेको छ । निर्माण पक्षले सोमबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको बारेमा जानकारी दिदैछ । तर , बुझीए अनुसार फिल्मको नाम ‘दुई नम्बरी’ राखिएको छ । यद्दपी निर्माण पक्षले यसबारेमा केहि बोलेको छैन । यस विषयमा निर्देशक लामासँग बुझ्न खोज्दा उनले औपचारिक घोषणामै सम्पूर्ण जानकारी दिने बताए ।समसामयिक विषयवस्तुलाई फिल्ममा ढाल्ने निर्देशक लामाले दया र वर्षासँग यस अगाडी पनि काम गरिसकेका छन् । पलसँग सहमति भएको खण्डमा उनको नयाँ सहकार्य हुनेछ ।

कमेन्ट गर्नुहोस्