प्रेममा ‘मम्मी’ बाधक भएपछी (भिडियो)

फिल्म । बलिउडमा पछिल्लो समय कन्टेन फिल्मले दर्शकको मन जित्ने गरेको छ । जसको उदाहरण पछिल्लो समय रिलिज भएको पति पत्नी और वो र गुड न्युजलाई लिन सकिन्छ । किनकी सलमान खान स्टारार दबंग ३ को फ्लप हुँदा यी दुइ फिल्मले गरेको व्यापारकै आधारमा कास्टले भन्दा पनि कन्टेनले कति महत्व राख्छ भने प्रस्ट्याइसकेको छ । यस्तै कन्टेनमा फोकस गर्ने निर्माता तथा निर्देशक लव रञ्जनको निर्माणमा बनेको फिल्म ‘जय मम्मी दि’ आउँदो जनवरी १७ मा रिलिज हुदैछ । लवले फिल्मलाई टि सिरिजसंग मिलेर निर्माण गरेका हुन् ।

फिल्ममा प्यारका पंच्नामा सिरिजबाट चर्चामा आएका सन्नी सिंह र सोनाली सेयगिल लिड कास्टको रुपमा छन् । यद्दपी फिल्म भने यी दुइको मम्मी सुप्रिया पाठक र पूनम ढिल्लोनको वरपर घुमेको छ । केहि कारणले यी दुइको बीचमा मनमुटाव हुँदा दुइ परिवारमा आउने समस्यालाई यसमा देखाइएको छ । रोमान्टिक कमेडी जनरको फिल्ममा सन्नी र सोनालीको प्रेममा दुइ मम्मी बाधक बनेपछि आउने परिस्थितिलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्ममा लेखन तथा निर्देशक नवजोत गुलाटीको रहेकोछ ।

कमेन्ट गर्नुहोस्