‘तेल भिसा’ को अग्रिम टिकेट बुकिङ तथा बिक्री खुल्ला

फिल्म । आउँदो शुक्रबार अर्थात् मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’ को अग्रिम टिकेट बुकिङ तथा बिक्री खुल्ला गरिएको छ । अभिनेता विपिन कार्की दोहोरो भूमिकामा रहेको फिल्मलाई नेपालभरका मल्टीप्लेक्सले आकर्षक शो दिईरहेका छन् । फिल्मले चाबहिलको चुच्चेपाटीमा रगेको एफक्युबमा ६ शो पाएको छ भने पहिलो ७ बजेको शो लगभग भरिने क्रममा रहेको छ ।

यसले फिल्म प्रति दर्शकको आकर्षण रहेको प्रस्ट्याउछ । निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा फिल्म ‘तेल भिसा’ तयार गरेकाछन् । फिल्मलाई आफूले प्रवासी जीवनमा देखेको एउटा कथालाई दर्शकसम्म ल्याएको उनले बताए ।

‘तेल भिसा’ मा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाएका अभिनेता कार्कीले नयाँ अनुभव सङगालेको बताए ।

यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने छ ।

कमेन्ट गर्नुहोस्