‘सिक्वेल होइन , सिरिज हो’ मिलन

फिल्म । आउँदो जेठ ३ बाट फिल्म ‘बीर विक्रम २’ रिलिज हुँदैछ । फिल्ममा माया र मित्रताको कथलाई देखाइएको छ । सफल फिल्म ‘बीर विक्रम’ को नाम मात्र यसमा सापटी लिएको निर्देशक मिलन चाम्सले बताए । ‘बीर विक्रम सफल भएकोले नै यसको सिरिज बनाएको हु , तर यो सिक्वेल होइन’ उनले भने ‘यसमा उहिँ क्यारेक्टर छन् तर सिक्वेलको रुपमा बनाएका छैनौ ।’ तर , मिलनले पहिला सिक्वेल बनाउने सोच मै थिए । ‘हामीले तयारी सिक्वेलको गरेका थियौ तर कलाकारको समय नमिलेपछी सिरिज तयार गरेका हौ’ उनले भने ‘ अघिल्लो कमीकमजोरीलाई यसमा सुधार्ने मौका पाएको छु , मन पर्छ भन्नेमा आश्वादी नै छु ।’ फिल्ममा बीर र विक्रमको मित्रता देखाइएको छ ।

अघिल्लो सिरिज झैँ यसमा पनि माया र मित्रतालाई नै केन्द्रमा राखिएको छ । फिल्ममा बीरको भूमिकामा पल शाह छन् भने विक्रमको भूमिका नाजिर हुसेनले निर्वाह गरेका छन् । यसमा बादलको भूमिका भने वर्षा सिवाकोटीले निर्वाह गरेकी छिन् । बादलको मायामा बीर र विक्रम परेपछि आउने परिस्थितिलाई फिल्मले चित्रण गरेको छ । यसैगरी बुद्धि तामाङ फिल्ममा भिलेनको भूमिकामा छन् । सुरुमा मिलन पनि उनलाई अप्रोच गरिसकेपछी के हुन्छ भन्ने शंकामै थिए ।

‘हामीलाई अघिल्लो सिरिज झैँ एउटा क्यारेक्टर चाहिएको थियो किनकी दर्शकले त्यसलाई निकै रुचाउनु भएको थियो’ मिलन भन्छन् ‘बुद्धिलाई सुहाउछ भनेर अप्रोच गरे , कहिँ कतै डर त थियो तर त्यो सबै दिनको शुटिङले नै भगायो ।’ उनि बुद्धिले दर्शकबाट नयाँ उपनाम बाघ बहादुर पाउनेमा विश्वत छन् । मिलन चाम्सको निर्देशनमा तयार फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ भने अपर्ण सापकोटा यसको सह-निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्