अजय भन्छन् ‘किस सिन गर्दिन्’

22 Shares

फिल्म । केहि समय अगाडी अजय देवगन अभिनित फिल्म ‘शिवाय’ प्रदर्शनमा आएको थियो । फिल्ममा अजयले किस सिन दिएका थिए , जसको धेरै नै चर्चा भएको थियो । उक्त सिनले अजयले आफुलाई केहि कठिन भएको समेत बताएका थिए । पछिल्लो फिल्म ‘दे दे प्यार दे’ को प्रमोसनको क्रममा उनले आफु फ्यामिलीसँग फिल्म हेर्न जाने भएकाले उस्तै स्क्रिप्ट चुज गर्ने गरेको बताए ।

‘म आफ्नै परिवारसँग फिल्म हेर्न रुचाउछु त्यसैले मैले गर्ने फिल्म पनि उत्सै हुन्छ’ उनले मिडियासँग कुरा गर्दै भने ‘पारिवारिक फिल्ममा घरका सबै सदस्य एकसाथ फिल्म हेर्न पाउछन , त्यसैले त्यस्ता फिल्मलाई प्राथमिकता दिन्छु ।’ उनले आउँदो फिल्मलाई पनि पारिवारिक भने । साथै , उनले आउँदा दिनमा किन सिन नगर्ने कोसिस रहने समेत बताए ।

‘म इन्टिमेट सिन र किस सिनबाट भाग्न चाहन्छु , हेरौ कतिसम्म सफल भइन्छ’ अजयले भने । उनले आउँदो फिल्ममा रोमान्स त गरेका छन् तर त्यो फमिली अडियन्सकै लागि हो । फिल्ममा अजयसँगै तब्बु र रकुल प्रीत सिंह छिन् । ५० वर्षीय युवकको प्रेम कथा बोल्ने फिल्ममा अजयले मनोरंजनसँगै केहि संदेश पनि दिने बताउछन् । (एजेन्सी)

Facebook Comments