यसपाली ‘सुरक्षित तीज’ (भिडियो)

35 Shares

संगीत । कोरोना भाइरसको महामारीका बेला सुरक्षित तरिकाले तीज मनाऔँ भन्ने सन्देशका साथ तीज गीत सार्वजनिक भएको छ । ‘सुरक्षित तीज’ बोलको तीज गीतमा गरिमा ज्ञवालीको स्वर दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको सङ्गीत संयोजन रहेको छ । यस महामारीमा सुरक्षित भएर आफ्नै घरमा तीज मनाऔँ र खुसी साटौँ भन्ने भावको गीतको भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, बिनु शाक्य, गुराँस ढकाल तथा बाल कलाकार आयुषी ढकाल फिचर्ड छन् ।

भिडियोमा बिष्णु रिजाल, कबिता गेलाल, एस राज गरच, दीपाज राज पाठक, अन्जिता अधिकारी, उर्मिला पुडासैनीको पनि अभिनय रहेको छ । भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् भने समन अधिकारीले निर्देशन गरेका हुन् । यसलाई फराज अर्पनले खिचेका हुन् भने सम्पादन पनि उनैले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्