‘दौतरी’ बन्दै

फिल्म। मधुसूदन भट्टराईले निर्देशन रहने नयाँ फिल्मको नाम ‘दौतरी’ राखिएको छ ।चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरेपछि टाइटल सार्वजनिक गरिएको हो। यहिँ नामबाट दयाराम दाहालको निर्देशन रहेको फिल्ममा राजेश हमाल, जल शाह र मेलिना मानन्धरको मुख्य भूमिका रहेको थियो । निर्देशक भट्टराईको निर्देशनमा तयार हुने फिल्म ‘दौतरी’ मा आर्यन सिग्देल, मुकुन भुसाल र अभिनेत्री साक्षी लम्सालको मुख्य भूमिका रहनेछ ।

रङ्ग पत्रकार लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने लागेको हो । फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ । छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवनकुमार काफ्ले निर्माता रहेको फिल्मको छायाङ्कन फागुनको पहिलो साताबाट हुनेछ ।

कमेन्ट गर्नुहोस्