फिल्म । ऋचा शर्मा पछिल्लो समय ‘चलचित्र टिभी’ नामक एपले गर्दा चर्चामा छिन् । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) ले गर्दा घरमा बस्नेको संख्या धेरै छ । त्यसैले गर्दा यो बेलामा घरमा रहेकालाई डिजिटल प्लेटफर्मको बानी परेको छ । आफुले चाहेको फिल्म आफुले चाहेको समयमा हेर्न पाउने भएकोले पनि डिजिटल प्लेटफर्मको आकर्षण बढ्दो छ । त्यसो त प्रदर्शक तथा वितरक पछिल्लो समय डिजिटल प्लेटफर्मले गर्दा हैरान छन् । किनकी दर्शकले आफ्नो समयमा फिल्म हेर्ने बानी विकास गरिरहेका छन् ।
बलिउडमै घुमकेतु र गुलाबो सिताबोले डिजिटल रिलिज गरिसकेको छ । शकुन्तला देवी , गुञ्जन सक्सेना , दिल बेचारा पाइपलाइनमा छन् । दिज्नेप्लस हटस्टारले सात फिल्म रिलिजको घोषणा गरिसकेको छ । छिमेकी मुलुकमा यस्तो भइरहदा नेपालमा भने डिजिटल प्लेटफर्म छैनन् भन्दा फरक नपर्ला । सिनेमा घर र युट्युब नै नेपाली फिल्म पारखीको गन्तव्य बनिरहेको छ ।
तर , ऋचाले यहि समयमा ‘चलचित्र टिभी’एप ल्याउदै छिन् । यसैले गर्दा उनको चर्चा बढेको हो । नेपालमा दर्शकले अत्यधिक रुचाएको दुइ फिल्म छक्का पञ्जा ३ र छ माया छपक्कै रिलिज गर्ने तयारीमा उनि छिन् । दर्शकले सर्वाधिक प्रतिक्षा गरिरहेका फिल्मलाई अब एक महिना भित्र ‘चलचित्र टिभी’ मा हेर्न पाउने छन् ।
‘हाम्रो आवश्यकता बनिसकेको छ डिजिटल प्लेटफर्म , त्यसैले हामी अगाडी बढेका छौँ’ ऋचाले भनिन् । उनले सहकर्मीहरुसंग मिलेर एप ल्याउदैछिन् । वेब भर्जन आइसकेको एपलाई केहि दिनमै एण्डरोइड र एपस्टोरबाट डाउनलोड गर्न सकिने छ । ‘हामीले वेब भर्जन ल्याएपछि पाएको प्रतिक्रियाले उत्साहित छौँ’ उनि भन्छिन् ,’हामीले हेर्न चाहेको फिल्मलाई विस्तारै ल्याउने तयारी गरिरहेका छौँ ।’ उनले हलसंगै र यसको विकल्पको रुपमा यस्लाओ अगाडी ल्याउन थालेका उनले बताइन ।
यो एपबाट विश्वभर नेपाली फिल्म हेर्न सकिनेछ । ‘दर्शक तथा मेकरले नै हेर्न चाहनु भएको केहि फिल्मसंग कुरा बढाएकी छु र केहिसंग सम्झौता समेत भइसकेको छ’ ऋचाले भनिन् । सुरुवाती समयमा हालिने फिल्मले पाउने दर्शकले पनि नयाँ निर्मातालाई ओटीटि तर्फ आकर्षित गर्ने कि नगर्ने भन्ने सुझाउने छ । बुझिए अनुसार नर्मल फिल्मका लागि एक सय रुपैया शुल्क राखिने छ भने प्रिमियर हुने फिल्मका लागि शुल्क हलमा लाग्ने टिकेट बराबर हुन् सक्नेछ ।










