फेशन । ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ सम्पन्न भएको छ । आइतबार अष्ट्रेलियास्थित सिड्नी आयोजित शोज पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए ।
नेपाली डिजाइनर रोविन परियारले तयार पारेको पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प नापेका थिए । कोरोना महामारीपछि विदेशमा आयोजना गरिएको फेसन शो नेपाली पोशाक लाई प्रवर्द्धन गर्ने विश्वास आयोजकको छ । शोमा नेपालीका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन मन पराउदै प्रवर्द्धनमा सघाउने प्रतिबद्धता जाहेर गरे । हेरिटेज अफ फेसनकोे दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भईसकेको थियो ।
कमेन्ट गर्नुहोस्











